Logo

साहित्य

भक्तपुर प्रगतिशील लेखक संघमा गणेश घिमिरे



काठमाडौं । प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा गणेश घिमिरे चुनिएका छन् । 

संघको पाचौं सम्मेलनबाट उपाध्यक्षमा रामशरण दाहाल, सचिवमा बाबुकाजी श्रेष्ठ, सहसचिवमा जयन्ता पोखरेल र कोषाध्यक्षमा छन्दविज्ञान निरौला सर्वसम्मत निर्वाचित भएको छन् । 

कार्यसमिति सदस्यहरुमा राजकुमार लामिछाने, शुशिला ढकाल, बुद्धिकुमार  श्रेष्ठ, कमल मिश्र, नारायण राजथला, माया ढोङ, राजेश्वरी शिल्पकार, प्रदिपजामनः श्रेष्ठ, युवराज ढकाल, लक्ष्मी थापा र ईश्वरीप्रसाद शर्मा निर्वाचित भएका छन् । निर्वाचन पदाधिकारीलाई केन्द्रीय अध्यक्ष जिवेन्द्रदेव गिरीले सपथग्रहण गराएका थिए ।

संघका अध्यक्ष डिपी ढकालको सभापतित्वमा भएको उक्त सम्मेलनको प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष जिवेन्द्रदेव गिरीले दीप प्रज्वलित गरी उद्घाटन गरेका थिए । 

कार्यक्रममा संघमा रही लामो समयसम्म योगदान दिने भक्तपुरका प्रगतिशील लेखकहरु त्रिरत्न शाक्य, कृष्णमोहन जोशी, सत्यलाल मुल, जीवनाथ अधिकारी र मनोहर लामिछानेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्ति त्रिरत्न शाक्य, निर्मलकुमार भट्टराई, मातृका पोखरेललगायतका वक्ताहरुले प्रगतिशील लेखककोवारेमा चर्चा गर्दै शुभकामना दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १७:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।