Logo

पुनर्निमाणको अन्तिम चरणमा बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिष्ठापन, यसको किंवदन्ती र भूकम्पपछिको पुननिर्माण



भीमा पन्थी । रानी पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिष्ठापन गरिएको छ । बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सुनको लेपन भएको गजुर प्रतिष्ठापन गरिएको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार उक्त्त गजुर १२३ केजी तामामा करिब ३३ तोला सुनको जलप लगाइएको छ । गजुरको उँचाइ करिब ७ फिट रहेको छ ।

IMG_0024.jpg

 

रानीपोखरी र बालगोपालेश्वर मन्दिरको ऐतिहाँसिक कथन:

1538445744ranipokhari.png

६२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको रानीपोखरीलाई नेपाल भाषा (नेवारी) न्हु पुखु पोखरी भनेर चिनिन्छ। जसको नेपाली भाषामा न्हु भनेको नयाँ र पुखु भनेको पोखरी अर्थात् नयाँ पोखरी भन्ने अर्थ लाग्छ । प्रताप मल्लले आफ्ना माइला छोरा चक्रवर्तेन्द्रको मृत्यु भएपछि शोकमा डुबेकी रानीलाई खुसी पार्न १७२५ सालमा रानीपोखरी निर्माण गरिएको किवंदन्ति हामी सुन्ने गछौँ ।  पोखरीको बीचमा शिखर शैलीको मन्दिरसमेत निर्माण गराएका थिए। पोखरी १८० मिटर लामो र १४० मिटर चौडा थियो ।

मल्लकालामा ग्रन्थकुट शैलीमा निर्माण भएको यो मन्दिर पछि राणाकालमा  गुम्बज शैलीमा निर्माण गरिएको थियो । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए। 

यहि रानीपोखरिको बिचमा छ बालगोपालेश्वर मन्दिर । बालगोपालेश्वर मन्दिरलाई यमलेश्वरको नामले पनि चिनिन्छ । ऐतिहाँसिक अभिलेखहरुमा बालगोपालेश्वर त्यत्ति धेरै उल्लेख देखिदैन । रानीपोखरीको मन्दिरका पुजारी शैलेशकुमार झाले हाल देवालयको गर्भमा महादेवको मन्दिर रहेको छ, शिवलिंगलाई नै गौरीशंकर भनेको हुन सक्ने अनुमान रहेको बतउँछन् । झा परिवार रानीपोखरीको बीचको मन्दिरको पुस्तैनी पुजारी परिवारका भएपनि बालगोपालेश्वरको बारेमा स्पष्ट धारणा दिन सक्नेमा छैनन् । 

१७२५ साल माघ शुल्क त्रयोदशी (नेपाल संवत् ७९०) मा राजा प्रताप मल्लले स्थापना गरेको शिलापत्रमा परमेश्वर र परमेश्वरी उल्लेख भएको छ। परमेश्वर र परमेश्वरी नै शिव र पार्वती अर्थात् गौरीशंकर हुन सक्ने संस्कृतिवि तथा पुराना पुजारीलगायतको ठम्याइ रहेको छ । 

नेपाल संवत् ७९० अर्थात् विक्रम संवत् १७२५ मा माघ शुल्क पूर्णिमा मंगलबारका दिन प्रताप मल्लले माघव्रत गरी छोरा चक्रवतेन्द्रको नामले माधवको मूर्ति स्थापना गरेको उल्लेख हामी अहिले पढ्न र सुन्न मात्र सक्छौ । 

यो मन्दिर भाटीकाको दिन मात्रै हुने गर्छ । यहाँ बालगोपालेश्वरका साथै रानीपोखरीको बीचमा धेरै मूर्तिहरू छन्। शिवलिंग, पार्वती र लक्ष्मीको आधा–आधा रूपमा भएको देवीको मूर्तिसमेत त्यहाँ छ। त्यसलाई पार्वती र लक्ष्मीको आधा–आधा रूपमा भएको मूर्तिलाई ‘हरिशंकरी’ भन्ने गरिन्छ।

मुख्य पुजारी झा रानीपोखरीको बीचमा रहेको पार्वती र लक्ष्मीको आधा–आधा स्वरूप भएको मूर्ति र संसारमा दुर्लभ भएको बताउँछन्। बालगोपाल र शिवलिंगलाई बालगोपाल र ईश्वर बालगोपालेश्वर भनिएको पुजारी झा बताउँछन्।

२०७२ साल वैशाख १२ गते भएको भूकम्पपछि रानीपाखेरीको बीचको मन्दिरमा समेत क्षति पुग्यो। मन्दिर क्षतिग्रस्त भएपछि त्यहाँ रहेका अधिकांश मूर्तिलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ। शिवलिंग र हरिशंकरको मूर्ति भने अहिले पनि त्यहीं छ। साथै यहाँ शिवजी, हरिशंकर, पाँचवटा शिर भएका गणेश, सूर्यनारायण, पाँचवटै शिर भएकी भगवती र विष्णुको मूर्तिसमेत रानापोखरीको बीचमा छ । 

उक्त रानीपोखरी निर्माणको बेला राजा प्रताप मल्लले बागमतीदेखि समुद्रसम्म पानी ल्याएर हालेका थिए भन्ने सनिन्छ । रानीपोखरीका पश्चिमतर्फ रहेको माधवको पाषाण मूर्तिको फेदमा कुँदिएको शिलालेखमा गंगा, शोण, सावरमती, यमुना, गण्डकी, कावेरी, कोशीदेखि समुद्रको पानी ल्याएर हालिएको उल्लेख छ। प्रताप मल्लको नेपाली शिलापत्रमा शोण र कावेरीको पानीबारे भने केही उल्लेख छैन। उक्त शिलापत्रमा १० हजार ६ सय ४१ भारी पानी बागमतीबाट ल्याएर रानीपाखेरीमा हालिएको उल्लेख छ।

कुनैकुनै अभिलेखमा रानीपोखरीमा गोसाइँकुण्ड, मुक्तिनाथ, बदरीनाथ, केदारनाथ, बागमती, मानसरोवरलगायतका सातवटा कुण्डबाट पानी ल्याएर बनाइएको भन्ने समेत सुनिन्छ । साथै रानीपोखरीमा हिरा जवाहरातसमेत भएको दाबी गरिन्छ।

पछि जुद्धशमशेरले रानीपोखरीमा तारबार गर्दा धेरै संरचना मासिँदै गएको हो। अहिले रानीपोखरीको धेरै जग्गा अतिक्रमण भएको छ। धेरै मूर्तिहरु पनि हराएका त्यहाँका पुजारीले बताउँछन् । 

यसको अर्काे किवंदन्ती के पनि  छ भने ,“रानीपोखरीमा हात्तीमाथी राजाको मुर्ती बनाएर राख्नुमा एउटा किम्बदन्ति रहेको पाइन्छ। यो पोखरी बनेपछि राजा प्रताप मल्ल सधैं नुहाउन आउने गर्दथे, यसरी पोखरीमा नुहाउन आउने क्रममा राजाको एक किचकन्यासँग भेट भएर मायाप्रेम बसेछ। यसैक्रममा राजा र किचकन्याको संसर्गबाट किचकन्या गर्भवती समेत भइछ। यता राजा पनि दुब्लाउँदै गएको देखेर भाइभारदारहरू चिन्तित् भएर के कारणले यसरी राजा दुब्लाउँदै गएको भनेर खोजी भएछर र राजा र किचकन्याको प्रेम प्रसँग पत्ता लागेछ। त्यस्तै किचकन्या गर्भवती भएको कुरा पनि थाहा भएछ। यो कुरा पत्ता लागेपछि अचम्म हुनलाग्यो यसो हुनुहुँदैन भनेर भाइभारदार तथा गुरूपुरोहितहरू मिलेर किचकन्यालाई बसमा पारेछन। गर्भवती किचकन्याको भ्रूण सहित पोकोपरेर रानीपोखरीको छेउमा विशाल हात्ती त्यसमा राजा, रानी र युवराज सहित चढेको मुर्ती बनाएर त्यस हात्तीको अघिल्लो खुट्टाले किचकन्या र भ्रूण सहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरि दुस्ख दिदैन भनेर त्यसरी उक्त मु‍र्ती स्थापना गरिएको हो ।”–विकिपिडिया सहयोग 

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । 

IMG_0023.jpg

वि.सं. १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । तर, यसपटक फेरि पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो ।

२०७३ सालमा भूकम्पन गएपछि यहाँको वनावट धेरै विग्रीएको थियो । कति मूर्तिहरु हराय कति पुरिए त कति चोरी पनि भएको जानकारहरुको भनाई छ । भूकम्प गएको एक वर्षपछि २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकि थिईन । 

IMG_0025.JPG

०७२ को भूकम्पपछिको पुननिर्माण क्रमः 

०७२ सालको भूकम्पले तहसनहस बनाएपछि एक वर्षपछि पुननिर्माण कार्य सुरु भयो । ०७३ साल बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरी पुनर्निर्माणको शिलान्यास भएको थियो तर पुनर्निर्माणको विषयमा लामो समयदेखि विवाद रहेका कारण निर्माण कार्य नै थालनी हुन सकेन । तत्पश्चात अझ भनौ २०७६ साल असार २४ मा ठेक्का सम्झौता भयो । निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले ठेक्का लिएको हो । त्यसपछि पुननिर्माणको काम अगाडी बढेको हो । यसरी शिलन्याश भएको ५ वर्षपछि अब भने निमार्ण सम्पन्न हुन गईरहेको छ । 

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ५५ बजे