Logo

प्रमुख समाचार

२४ घण्टामा १७ जनामा कोरोना पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ४३ जनाको नमूना परीक्षण गरेकोमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप चार सय नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा तीन हजार पाँच सय ९५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा आठ हजार सात सय २९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १७:२६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।