Logo

समाचार

हरिमाया अधिकारीको गजलसङ्ग्रह “छोपिएको भाग्यरेखा” बजारमा



गजलकार हरिमाया अधिकारीको गजलसङ्ग्रह “छोपिएको भाग्यरेखा” विमोचन भएको छ । राष्ट्रिय नाचघरमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, लेखक प्रतीक ढकाल, कवि तथा समालोचक महेश पौड्याल, राजेन्द्र श्रेष्ठ, कवि भवानी खतिवडा र रेनुका सोलुले सयुंक्त रुपमा विमोचन गरेका हुन् ।

लामो समयबाट अमेरिका बस्दै आएकी हरिमायाको “छोपिएको भाग्यरेखा” पहिलो कृति हो । धनगडीमा जन्मिएकी हरिमायाले वनारस हिन्दु विद्यालयबाट सङ्गीतमा एमएसम्मको अध्ययन गरेकी छिन् । साथै उनी लामो समय प्राध्यापन पेशामा पनि आवद्ध रहेकी थिइन् ।

उक्त कार्यक्रममा लेखक महेश्वर पन्त, नाचघरका प्रबन्धक दुर्गा खतिवडाले शुभकामना मन्त्वय दिएका थिए ।
कृति समिक्षकको रुपमा उभिएकी भवानी खतिवडाले यस कृतिमा, “देश छाड्नुको पीडा, देशको माया ” प्रशस्त रहेको बताएकी छिन् ।

कवि महेश क्षितिजले सञ्चालन गरेको उक्त कार्यक्रममा भारी दर्शकको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार १८:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।