घाटीको भाग सुन्निने र पानी पिउन समेत नसक्ने गरी घाँटी दुख्दा धेरैले यसलाई टन्सिलको रुपमा लिने गर्छन् । मानिसहरुले चिसो वा टन्सिल होला भनेर यसलाई खासै ध्यान दिँदैनन् । घाटीको दुखाई सँगै अरू विभिन्न लक्षणहरू पनि देखिन्छन् । रजस्वलाको समयमा अत्याधिक पिडा हुनु, शरीरको मांसपेशी तथा जोर्नीहरुमा पीडा महशुस हुन्छ । घाटी सुन्निएर पानी पिउन खाना खान र थूक निल्न गाह्रो हुन्छ । गलामा गाठा आएको महशुस हुन्छ । विरामी परेजस्तो कमजोर महसुस हुन्छ । काम गर्दा बढि थकान महसुस हुन्छ । यो सबै लक्ष्यण तपाईँमा देखियो भने कृपया तुरून्त डाक्टरको गएर आफ्नो चेकअप गराउनुहोस् । तपाईँलाई थाइराईड क्यान्सर हुनपनि सक्छ । बिषेश गरि महिला दिदीबहिनीहरू आफ्नो रोगको विषयमा खुलेर कुरा गर्न चाहँदैनन् लजाउँछन् त्यसैले पनि उनीहरुको शरीरमा वर्षौदेखि रोग लुकेर बस्ने गर्दछ । कतिपय महिला पुरुष चिकित्सकबाट उपचार गर्न मान्दैनन् किनभने पाठेघर , स्तनलाई इन्टिमेट अंगको रुपमा लिईन्छ । गलत खानपान र बद्लिदो जीवनशैली अखाद्य वस्तुको प्रयोग जस्तै किटनाशक औषधि र रसायनिक मलको प्रयोग भएको खानेकुरा, हानिकारक रंग मिसाइएको खानेकुरा, धैरै नुन भएको खानेकुरा, गालेको अचार आदि वंशाणुगत भएकोले आफ्नो सन्तानलाई पनि क्यान्सर हुने सम्भावना बढि रहन्छ ।
शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकोलाई
शरीरको कुनै पनि भागमा लगातार घर्षण भएमा त्यँहाको कोष तथा कोषिकामा असामन्य परिवर्तन भएर क्यान्सर हुन सक्छ । सामाजिक तथा आर्थिक अवस्था कमजोर भएकोले क्यान्सरलाई अहिले पनि आम नेपाली जनमानसमा ठूलो र डरलाग्दो रोग मानिन्छ । परिक्षणदेखि उपचार खर्च पनि धेरै लाग्ने भएकोले यस्तो लागेको हो । तर क्यान्सर लाग्दैमा मरिहालिदैन कसैले पनि हरेस खान नहुने सन्देश दिन चाहन्छु । क्यान्सर भन्ने बित्तिकै जसलाई पनि डर लाग्छ । मलाई पनि सुरुमा निकै डर लागेको थियो । तर क्यान्सर पराजित गर्न डर भन्दा पनि हिम्मत चाहिने रहेछ । मलाई क्यान्सर लाग्यो अब म मरिहाल्छु भनेर दिनरात त्यस्कै चिन्ता लिइरह्यो भने रोगले झन् च्याप्न सक्छ । क्यान्सरबाट बच्नु भनेको आफ्नो जीवन फेरि बाँच्नु हो । यसको प्रमुख औषधी भनेको हिम्मत र सधँै आफूलाई खुसी राख्नु हो ।






















प्रतिक्रिया