Logo

खोटाङ सेवा समाज कतारको अधिवेशन आगामी शुक्रबार



खोटाङ । खोटाङ सेवा समाज कतारको ११औं अधिवेशन आगामी १ अप्रिल (शुक्रबार)मा हुने भएको छ । ‘प्रवासको पसिना, स्वदेशको साकार सपना’ भन्ने नारासहित १८ माघ २०५४ मा स्थापना गरिएको समाजको अधिवेशन नज्माको सालिमार पाटी प्यालेसको सभाहलमा गर्ने तयारी गरिएको छ ।

कतारमा ज्येष्ठ सामाजिक संस्थाको परिचय बनाएको समाजको अधिवेशनको तयारी तीव्र पारिएको  खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्मा आचार्यले जानकारी दिए । 

रोजगारीमा सिलसिलामा कतार पुगेका जिल्लावासीलाई एकताबद्ध गर्दै समस्या परेका बेलामा हातेमालो गर्नका लागि समाजको स्थापना गरिएको हो । कतारमा नेपाली नियोग नहुँदा समाजले नियोगले सरह योगदान पुर्‍याएको थियो । 

समाजले आपत् विपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आखफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दैआएको छ । यस बाहेक समाजले २०७४ सालमा खोटाङका लागि एक वटा एम्बुलेन्स जुटाएर हस्तान्तरण गरेको थियो ।

अध्यक्ष शर्माले अधिवेशनमा उपस्थितिका लागि कतारमा रहेका खोटाङ्गे तथा गैर–खोटाङ्गे नेपालीलाई सहभागीताका लागि आग्रह गरेका छन् । अधिवेशनमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १८:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।