नेपाल राष्ट्र बैंकले सोमबार २७ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल जेठ १० गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर जेठ ११ गते, मंगलबार बिक्री हुनेछ ।
बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ ।
बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल भदौ ८ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर ७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ७ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्क हुनेछ ।






















प्रतिक्रिया