Logo

प्रमुख समाचार

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ४ हजार ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् । 

हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १७:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।