फूलको सुगन्धित वास्ना हौ तिमी
आकाशमा उड्ने सुन्दर पक्षी हौ तिमी
बगैँचाको हजारौँ फूलमध्ये एक हौँ तिमी
प्रतिक्षाबाट पाएको अनमोल मेरो प्रेम हौँ तिमी…
करौंडौको भिडमा एक हौ तिमी
लाखौँ साथपछिको आश हौ तिमी
मेरो मुटुको घड्कन हौ तिमी
मेरो प्रेमको प्राप्ति हौ तिमी
प्रतिक्षाबाट पाएको अनमोल मेरो प्रेम हौँ तिमी…
खोजपछिको यर्थाथ हौ तिमी
मेरो मनको चाहा हौ तिमी
बिहानीको सुरुवात अँधेरीको साथ हौ तिमी
लाखैको भिडमा हराएको मेरो खास हौ तिमी
प्रतिक्षाबाट पाएको अनमोल मेरो प्रेम हौ तिमी….
मेरो शरीरको छाया हौ तिमी
मेरो गलाको श्वास हौ तिमी
मेरो जीवनको अन्त्य हौ तिमी
मेरो पहिलो र अन्तिम रोजाइ हौ तिमी
किनकि ,, प्रतिक्षाबाट पाएको अनमोल मेरो प्रेम हौ तिमी…
















प्रतिक्रिया