Logo

प्रमुख समाचार

अबदेखि काेराेनाविरुद्धकाे बुस्टर मात्रा खाेप ३ महिनामै दिइने



काठमाडौं । अबदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप तीन महिनामै दिइने भएको छ । यसअघि खोपको पहिलो शृङ्खला पूरा गरेको ६ महिनापछि मात्रै बुस्टर मात्रा लगाउने गरिएकोमा अब तीन महिनामा बुस्टर मात्रा खोप दिइने स्वास्थ्य सेवा विभागले जानकारी दिएकाे छ । विभागका अनुसार अब यदि कसैले खोपकोे प्राथमिक मात्रा लगाएको तीन महिना पुगेको भए बुस्टर मात्राको रूपमा अर्को मात्रा लगाउँदा हुन्छ ।  

विभिन्न देशमा गरिएको अध्ययन र राष्ट्रिय खोप सल्लाहकार समितिले प्राविधिक रूपमा गरेको अध्ययनलाई आधार मानेर खोपको प्राथमिक मात्रा पूरा गरेकाहरूलाई तीन महिनामै बुस्टर खोप दिने निर्णय गरिएको हाे ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो शृङ्खलाकाे खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ । 

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार १५:१७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।