बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्डवाहक ग्राहकको सहजताका लागि ग्रिन पिन सुविधा शुरु गरेको छ ।
बैंकको कुनै पनि एटीएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको बैंकले बताएको छ । यो सुबिधाबाट बैंकको नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डवाहक ग्राहकले कार्डको पिन रिसेट गर्न सक्ने बैंकले बताएको छ ।
नयाँ कार्डवाहक ग्राहकले कार्ड बैंकबाट संकलन गरेपछि एटीएम बुथमा गई सहज रुपमा कार्ड एटीएम मेशिनमा राखेर ‘इन्टर योर ओटीपी’ मेनु छनोट गरी आफैले पिन सेट तथा रिसेट गर्न सक्ने छन् ।
त्यसपछि कार्डवाहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा ६ अंकको ओटीपी प्राप्त गर्ने छन् । उक्त मोबाइल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिने बैंकले जानकारी दिएको छ ।




















प्रतिक्रिया