Logo

प्रमुख समाचार

मुलुकभर थप २४ जनामा कोरोना पुष्टि



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २१ जना र २ हजार ३०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएका छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६७२ पुगेको छ । सोही अवधिमा १७ हजार ७५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ सय १२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ७६५ पुगेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १७:०२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।