Logo

सुरक्षा/अपराध

सर्लाहीमा गोली प्रहार गरी १ जनाको हत्या



सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ । 

बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो । 

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए । 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार २१:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।