युवराज सुवेदी
दुनियाँले जीवन आफै बन्धकमा पार्छ किन ?
निर्दोष मान्छेलाई मान्छेले नै मार्छ किन ?
कठै दयाको भिख दिएर पनि यो संसारमाथी
यो कस्तो निदीपन प्राणीमा सार्छ किन ?
विशाल छ भन्छन् मानव सागर भित्र-भित्रै
एक छिनको खहरे भई साच्चै टाई किन ?
परिवर्तनका लागि शोषक र सामन्तको युद्धमा
सतको विजयी हुँदैन इमान्दार हार्छ किन ?
मुखले ठिक्क पार्छ र चिल्लो घस्छ दुनियाँ
पछाडि फर्केपछि आफैले बाटो बार्छ किन ?
(युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)
प्रतिक्रिया