Logo

खेलकुद

दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाटै बाहिरियो



काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएकाे  छ। कीर्गिस्तानको बिस्केकमा  ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको  नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल  चौथो स्थानमा छ । शीर्ष स्थानको  ताजकिस्तानको चार अंक छ  भने  दोस्रो स्थानकाे  उज्वेकिस्तनको तीन अंक  छ ।  तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएकाे थियाे ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १३:५६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।