Logo

खेलकुद

आईपीएल क्रिकेटमा आज कोलकाता र हैदराबाद खेल्दै



काठमाण्डाै । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकाता ५ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

हैदराबाद ४ खेलमा ४ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।

मुम्बईमा हिजो भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १४:३२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।