Logo

प्रमुख समाचार

नेपालमा थपिए १२ कोरोना संक्रमित 



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेनबाट तीन हजार चार सय ८९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् । हाल देशमा तीन सय ७५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार सात सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार १७:२१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।