काठमाण्डौ । गुगल क्रोम एउटा निकै लोकप्रिय इन्टरनेट ब्राउजर हो । यसका विश्वभर अर्बौं प्रयोगकर्ता छन् ।
हालै गुगलले क्रोम प्रयोगकर्ताका लागि चेतावनी जारी गरेको छ । गुगल क्रोममा एउटा नयाँ त्रुटि फेला परेको छ । जसका कारण गुगल क्रोमका ३२ करोड प्रयोगकर्ता खतरामा परेका छन् ।
गुगल क्रोममा नयाँ जिरो–डे हाई थ्रेट लेभल ह्याक भएको पाइएको छ । यो जानकारी क्रोम ब्लग पोस्टमा दिइएको छ ।
गुगलले ह्याकरहरुले क्रोमको सुरक्षा तोडेर प्रयोगकर्तालाई लक्षित गर्न सक्ने चेतावनी दिएको छ । तर, कम्पनीले यसको फिक्स जारी गरेको छ ।
यो त्रुटि गुगलको विन्डोज, म्याकओएस, लिनुक्स र र एन्ड्रोइडजस्ता सबै प्रमुख प्लेटफर्महरुमा फेला परेको थियो । क्रोम प्रयोगकर्ताको सुरक्षाका लागि गुगलले यस खतराका बारेमा विस्तृत रूपमा जानकारी दिएको छैन । यो तीन हप्तामा दोस्रो पटक हो कि क्रोमको भी ८ कम्पोनेन्ट जिरो–डे ह्याकद्वारा तोडिएको छ ।
यस त्रुटिलाई समाधान गर्न, गुगलले क्रोमको नयाँ संस्करण (१००.०.४८९६.१२७) जारी गरेको छ । तर, यो तत्काल सबैका लागि उपलब्ध नहुन सक्ने चेतावनी पनि दिइएको छ । प्रयोगकर्ताले म्यानुअल रुपमा अद्यावधिकहरु जाँच गर्न क्रोमको टप राइटमा थ्री–डट मेनुमा क्लिक गर्न सक्छन् । यसपछि प्रयोगकर्ताले सेटिङमा जानुपर्छ । सेटिङमा गएपछि हेल्प सेक्सनमा जानुपर्छ । त्यसपछि अबाउट गुगल क्रोममा ट्याप गर्नुपर्छ । यसो गरेपछि आफ्नो ब्राउजर रिस्टार्ट गर्नुपर्छ ।
यस वर्षको मार्चमा गुगलले क्रोम र अन्य ब्राउजरमा सक्सेसफुल जिरो–डे ह्याक तीव्र रुपमा बढिरहेको जनाएको थियो । एजेन्सी





















प्रतिक्रिया