Logo

प्रमुख समाचार

लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमालेमा प्रवेश



जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् । जनकपुरधाम वार्ड न ७ का वड़ा अध्यक्षसमेत रहेका जानकिराम साह मंगलबार लोसपा परित्याग गरी विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई टिका र खादा लगाई पार्टी प्रवेश गराएका छन् । मेयरका प्रत्यासी रहेका साहले ओलिसङको भेटमा जानकी मन्दिर अंकित फोटो प्रदान गरेका छन् ।

जनकपुरमा मधेशवादी दलहरुप्रति असन्तुष्टि जनाउँदै पछिल्लो चरणमा यहाँका अधिकाश मधेश आन्दोलनका अगुवा युवाहरु एमाले प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।