Logo

सुरक्षा/अपराध

औषधि कालोबजारी गरेको अभियोगमा पक्राउ  



मोरङ : औषधि कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, मुटु सम्बन्धी औषधि, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधि र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधिको खोलहरु भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनालाई पक्राउ गरेको हो । 
उनी उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।