Logo

प्रमुख समाचार

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन



वीरगन्ज । वीरगन्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धनको सहमति जुटेको छ ।

३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसको पुष्टि गरे । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउ बाँकी छ ।

सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको ५ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०९:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।