बैंक अफ काठमाण्डू लिमिटेडको ग्रिन पिन सुबिधा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको हो । सेवा अन्तर्गत बैंकका नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सकिने छ ।
नयाँ कार्डबाहक ग्राहकले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर “भ्लतभच थ्यगच इत्ए” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सकिने छ । यस पश्चात कार्ड बाहक ग्राहकले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक इत्ए प्राप्त गर्नुहुनेछ । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको इएत् प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिने छ ।
प्रतिक्रिया