Logo

राजनीति

सरकारको काम प्रति मदनकृष्ण श्रेष्ठको आक्रोश



बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सरकारको काम प्रति आक्रोश पोखेका छन् । आफ्नो सामाजिक सञ्जालमा लामो लेख लेख्दै कलाकार श्रेष्ठले आक्रोश पोखेका हुन् । सबैको अमृतरुपी मायाले गर्दा कोरोनारुपी विषलाई आफु पन्छाउन सफल भएको उनको लेखमा उल्लेख छ । 

कोरोनाले मलाई पछार्न त नराम्रैसँंगै पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेलाबेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया । तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन ।’ उनले लेखेका छन् ।

कलाकार श्रेष्ठले कोरोना निकै बलियो भएको समेत उल्लेख गरेका छन् । श्रेष्ठले सरकारको ध्यानाकर्षण गराउदै जनता नै नभए को माथी साशन गर्ने भनेर प्रश्न समेत गरेका छन् । 

Madan Krishna Shrestha.JPG

 

 

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ३ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।