काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिनाले नेकपा एमाले छाडेका छन् । पछिल्लो समय राजनीतिक रूपमा कम सक्रिय देखिएका तिमल्सिनाले शनिबार बिहान एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेर पार्टी प्रवेश गरेका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै हिराहरू छाडेर किराकोमात्र जमात जम्मा गरेकाले आफूले एमाले छाडेको बताए ।
उनले खेलाडीहरूको रक्षा र हितका लागि आफूले काम गर्ने बताए । उनले माधवकुमार नेपालले यसअघि राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा आफूलाइ नियुक्ति गरेको पनि सम्झिए ।
उनले पछिल्लो समय धेरै अफ्ठेरोमा ओलीलाइ सहयोग गरेको भए पनि त्यसो उचित मूल्यांक हुन नसकेको बताएका थिए ।




















प्रतिक्रिया