Logo

खेलकुद

मकवानपुर फुटबल संघमा लामा निर्वाचित



हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामा निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार मणिष श्रेष्ठलाई १० मतले हराउँदै लामा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा अरुण बलले २३ मत, युवराज लामा २१ मत र अजय मानन्धर १८ मत ल्याएर विजयी भए । उपाध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठले १४ र नवराज बज्राचार्यले ८ मत प्राप्त गरे ।

त्यसैगरि फुटबल संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठ २५ मत, आशिष थापा २५ मत, राजाराम थोकर २४ मत, आलोक स्याङ्तान २४ मत, पुष्पराज पुडासैनी २३ मत, सचिन्द्र लामा २३ मत, सचिन राई २३ मत, दिनेश चौलागाई २३ मत, कृष्ण केसी २० मत र नवराज तिमल्सिना १९ मतले विजयी भएका हुन् । महिला सदस्यमा एलिसा आले विजयी भइन् ।

अध्यक्ष पदमा विजयी भएका टीकाराम लामाले सबैलाई समेट्दै संस्थागत हित एवम् फुटबलको विकासमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । ‘यो चुनावको परिणाम मेरो पक्षमा आएकाे छ, म सबैलाई समेट्दै जिल्लामा फुटबल खेलको विकासमा लागि पर्ने छु’, उनले भने, ‘चुनावी कुरालाई यहिँ बिर्सेर सबैलाई समेट्दै अघि बढ्नेछु ।’ मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको सहीद स्मृति मकवानपुर गोल्डकप र जिल्ला लिग फुटबललाई थप व्यवस्थित गरिने उनको भनाई छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार १८:०३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।