Logo

प्रमुख समाचार

जनकपुरधामका निवर्तमान वडा अध्यक्ष कांग्रेसमा प्रवेश



काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–२ का निवर्तमान वडा अध्यक्ष शिव कुमार साह नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित भएका शिव कुमार साहले आसन्न स्थानीय तहको निर्वाचनमा पूनः वडा अध्यक्षमा दोहोर्याउन नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति योगी पजियार, जनकपुरधाम उपमहानगर उपसभापति राकेश विक्रम साहले शिव कुमारलाई गम्छा, माला तथा अबिर लगाई पार्टी प्रवेश गरेका थिए ।

पत्रकारहरुको एक प्रश्नमा उम्मेदवार साहले भने, ‘आवेश र उत्तेजनामा केही दिन पहिला एमाले प्रवेश गरेपनि नेतृत्वपंक्तिको आग्रहलाई स्विकार गर्दै पुनः पुरानै घरमा फर्कि आएको छु । म पहिले पनि कांग्रेस नै थिए, अहिले पनि कांग्रेस नै छु ।’

साहले अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवार भई विजयी भएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार २०:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।