काठमाडौं : आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने गोरखा घर भएका १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्ब्यबहार गरेको भन्नेु खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भक्तपुर : १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका-७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । कोजुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





















प्रतिक्रिया