Logo

सुरक्षा/अपराध

बाघको छाला सहित एक जना पक्राउ 



अछाम : कमलबजार नगरपालिका-८ ढाकु बस्ने ५० वर्षीय विष्णु बहादुर बिष्टलाई १ थान बाघको छाला सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा बाघको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त बाघको छाला सहित फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।