Logo

एकनाले भरुवा बन्दुक सहित पक्राउ 



नुवाकोट : बिदुर नगरपालिका-७ तुप्चे बस्ने २७ वर्षीय बिरमान तामाङलाई १ थान एकनाले भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले लोड गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 
 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १३:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।