काठमाडौं । राप्रपाका नेता धवलशमशेर राणाले नयाँ अभियानको घोषणा गरेका छन् । उनले राप्रपा छोडेर नयाँ शक्ति निर्माणका लागि लाग्ने बताएका हुन् ।
बिहीबार अपिल जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गरेका छन् ।
यही नयाँ अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका छन् । ‘देशलाई माया गर्ने, देशको समृद्धी चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु,’ राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि त्यो सफल नभएको उनको स्वीकारोक्ति छ ।





















प्रतिक्रिया