Logo

समाचार

कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान



अबुजा :  नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गरेका छन् ।
समयामसयक चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्नु पर्नेमा उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेका छन् । “कोरोनाभाइरसले संसारभरी अकल्पनीय सङ्कट ल्याएको छ, यसले ठूलो क्षति पनि बनाएको छ,” विदेशी कुटनीतिज्ञहरुसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनले भने । 

अहिलेको महामारी धेरै ठूलो भएकाले कुनै एउटा देश वा निकायले मात्रै व्यवस्थापन गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रियस्तरबाट नै गर्नुपर्ने उनको भनाई छ । मानव तथा मानव जीवनशैलीमाथि कोरोनाभाइरसले धावा बोलेको राष्ट्रपति बुहारीले विदेशी कुटनीतिक अधिकारीहरुसँग बताए । 

“सबैले एक अर्का देशलाई सम्मान गर्दै सहयोग र सहकार्य पनि गर्नु अति आवश्यक देखिएको छ, त्यसका लागि म सबैलाई आग्रह गर्दछु,” उनले भने । 

उनले दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा सहकार्य गर्न चाहेको पनि राष्ट्रपति बुहारीले सो अवसरमा बताए थिए । 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १७:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।