काठमाडौं । दक्षिणकाली नगरपालिका-१, चाल्नाखेलका हरिप्रसाद बुढाथोकी खुला विद्यालयमा पढेर अहिले एसईईको परिक्षामा सहभागी भइरहेका छन् ।
कलेज पढेर आफ्नै खुट्टामा उभिने सपना देखेका हरिप्रसाद शारीरिक अवस्थाका कारणले हातले लेख्न नसके पनि खुट्टाले कलम चलाउँछन् ।
प्यारालाइसिसका कारण उनले पढाइ बीचमै छाड्नु परेको थियो । तर पछि पढ्ने इच्छा व्यक्त गरेकाले पढाइ छाडेको ८-९ वर्षपछि उनी खुला विद्यालयमा भर्ना भएको उनका भतिजा प्रशान्त बुढाथोकीले बताए ।
यस पटकको एसईई परीक्षामा कुल पाँच लाख १४ हजार नौ सय ७७ विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।





















प्रतिक्रिया