Logo

सुरक्षा/अपराध

सीमा क्षेत्रबाट मदिरा बरामद



पर्सा : खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको १० लाख रुपैँया भन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका-२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो  । 

नेपालबाट अवैध रुपमा मदिरा भारततर्फ निकासी भइरहेको गोप्य सूचनाको आधारमा कारवाही गर्दा १० लाख ६० हजार मूल्यबराबरको ३०० कार्टुन मदिरा बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

उनले कोरोना सङ्क्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै भारततर्फ जाँदै गरेको ट्याक्टरलाई रोकी जाँच गर्दा उक्त परिमाणको मदिरा बरामद भएको र ट्याक्टर चालक फरार भएको बताएका छन् ।

फरार रहेका ट्याक्टर चालकको खोजतलास भइरहेको र बरामद भएको मदिर तथा वाहनलाई आवश्यक कारवाहीका लागि आज वीरगन्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  १ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।