Logo

सुरक्षा/अपराध

घरेलुु हिंसाको आरोपमा युवक पक्राउ



सर्लाही : सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन् । आफूमाथि शोषण भएको भन्दै किशोरी र उनका परिवारले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

किशोरीले अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको र सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताएको छ । पक्राउ परेका यादवललाई अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । किशोरीको उद्धार गरी जिल्ला सदरमुकाममा रहेको एक सेफ हाउसमा राखिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १४:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।