Logo

समाचार

प्रहरीमा र सशस्त्रमा आईजीपीको तयारी



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आईजीपी नियुक्तिको तयारी भएको छ । नियुक्तिको निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा जाँदै छन् । प्रहरीका आईजीपी शैलेश क्षापा क्षेत्री र सशस्त्रका आईजीपी पुष्पराम केसी अवकाशमा जान लागेका हुन् ।

सशस्त्र प्रहरीमा एआईजी राजु अर्याललाई आईजीपी नियुक्त गर्ने तयारी छ । उनी एकल एआईजी भएकाले निर्विकल्प आईजीपी हुनेछन् । प्रहरीमा भने एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाउने तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई आईजीपी बनाउन चाहेको बताइएको छ ।

प्रहरीमा एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक आईजीपीको दौडमा छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार ११:१८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।