काठमाडौं । प्रशिक्षक कार्लो एन्सेलोटीले रियल म्याड्रिडलाई यस सिजनको ला लिगाको उपाधि जिताएर नयाँ इतिहास बनाएका छन् । ६२ बर्षिय एन्सेलोटीले युरोपका सबै ठुला पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेर नयाँ इतिहास बनाएका हुन् ।
एन्सेलोटीले आफ्नो उत्कृष्ट व्यवस्थापकीय करियरको २२औं ट्रफी जितेका छन् । उनले ईङल्याण्डको प्रिमियर लिग, इटालीको सिरी ए, फ्रान्सको लिग वान, जर्मनीको बुण्डेसलिगा र स्पेनको ला लिगाको उपाधि जितेका छन् ।
रियल म्याड्रिडको २०२१-२२ ला लिगा जितले कार्लो एन्सेलोट्टीले इतिहास रचेका छन् । इटालियन एन्सेलोटीले युरोपका सबै ठूला पाँच लिगहरूमा शीर्ष लिगको उपाधि जित्ने पहिलो प्रबन्धक बनेका छन् ।
रियल म्याड्रिडले ला लिगाको उपाधि ३५औँ पटक जितिरहादा क्लबको लागि ऐतिहासिक दिन भएपनि, यसले उनीहरूको व्यवस्थापकको लागि ठूलो व्यक्तिगत विजयको रूपमा हेरिएको छ ।
एन्सेलोटीले २००४ मा एसी मिलानसँग सेरी ए उपाधि जितेका थिए, उनले मिलानलाई च्याम्पियन्स लिगको उपाधि दिलाएको अर्को बर्ष सिरी ए को उपाधि जिताएका थिए ।
त्यसपछि एन्सेलोटीले चेल्सीलाई २००९-१० सिजनको प्रिमियर लिगको उपाधि जिताएर चेल्सीलाई नयाँ उचाईमा पुर्याएका थिए ।
त्यसपछि एन्सेलोटीको नेतृत्वमा २०१२-१३ सिजनमा पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको थियो भने सन् २०१६-१७ सिजनमा बायर्न म्युनिखले उनको नेतृत्वमा बुन्डेसलिगा उपाधि जितेको थियो ।
अब अहिले, रियल म्याड्रिडको मुख्य प्रशिक्षकको रूपमा आफ्नो दोस्रो कार्यकालमा एन्सेलोटीले ला लिगा ट्रफी उचाल्न सफल भएका छन् । यस अघि एन्सेलोटीले जुन २०१३ देखि मे २०१५ सम्म रियल म्याड्रिडको प्रशिक्षक बनेपनि उनले ला लिगाको उपाधि जिताउन सकेका थिएनन् ।
२५ बर्ष भन्दा लामो व्यवस्थापकीय क्यारियरमा एन्सेलोटीले अहिलेसम्म कुल २२ वटा ट्रफी जितेका छन् ।
युभेन्टस : इन्टरटोटो कप ।
एसी मिलान: सिरी ए, कोपा इटालिया, सुपरकोपा इटालिया, च्याम्पियन्स लिग (दुई पटक), यूईएफए सुपर कप (दुई पटक), क्लब विश्वकप ।
चेल्सी: प्रिमियर लिग, एफए कप, कम्युनिटी शिल्ड ।
पिएसजी: लिग १ ।
रियल म्याड्रिड: ला लिगा, कोपा डेल रे, सुपरकोपा डे स्पाना, च्याम्पियन्स लिग, यूईएफए सुपर कप, क्लब विश्वकप ।
बायर्न: बुन्डेसलिगा, डिएफएल-सुपर कप (दुई पटक) ।
इटालियन एन्सेलोटी फुटबल खेलाडी पनि हुन् । उनले इटालीको राष्ट्रिय टिमका लागि १९८१ देखि १९९१ सम्म २६ खेल खेलेका छन् भने एक गोल पनि गरेका छन् । त्यस्तै व्यावसायिक फुटबलमा उनी पार्मा, एएस रोमा र एसी मिलानबाट खेलेका थिए । मिडफिल्डर रहेका एन्सेलोटीले आफ्नो वाय्व्सायिक क्यारियरमा कुल ४४२ खेल खेल्दै ४१ गोल गरेका छन् ।
उनले सन १९९५ देखि इटालियन क्लब रेग्गियानाको प्रशिक्षक बनेर प्रशिक्षणको क्यारियर शुरु गरेका थिए । त्यसपछि उनी पार्मा, युभेन्टस, एसी मिलान, चेल्सी, पिएसजी, रियल म्याड्रिड, बायर्न म्युनिख, नापोली र एभर्टन जस्ता क्लबको प्रशिक्षक बनिसकेका छन् ।




















प्रतिक्रिया