Logo

आज कस्तो छ देशभरको मौषम ? मेघगर्जन सहित चट्याङ्गको सम्भावना



आज देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राती पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनुका साथै बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको महाशाखाको भनाइ छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार ०७:५८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।