Logo

खेलकुद

आईपीएल : कोलकाताले राजस्थानलाई हरायो



काठमाडौं । राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)  टी-२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ ।

सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे । कोलकाताका लागि नितिश रानाले  सर्वाधिक ४८ रन बनाए । यस्तै  रिन्कु सिंहले ४२ रनको योगदान गरे । 

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले  सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटम्मायर २७ रनको योगदान गरे ।  

जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ । राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार ०६:२३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।