काठमाडौं । इन्टरनेट सेवा अवरुद्ध नहुने भएको छ । सरकारसँगको सहमतिपछि इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले इन्टरनेट सेवा अवरोध नगर्ने निर्णय गरेको हो ।
भारतीय कम्पनीलाई बुझाउनुपर्ने भुक्तानीमा सरकारले सहजीकरण गर्ने सहमति भएपछि इन्टरनेट अवरोध नहुने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले जनाएका छन् ।
नेपालका इन्टरनेट सेवाप्रदायकले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन् । कम्पनीहरुको बेरुजुलाई देखाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भुक्तानीका लागि चाहिने विदेशी मुद्रा सिफारिस रोकेपछि भारतीय कम्पनीहरुले इन्टरनेट रोकिन सक्ने बताएका थिए ।
आइस्पान र मन्त्रालयबीच भएको सहमतिअनुसार बुधबारबाट भुक्तानी सहजीकरण हुनेछ ।





















प्रतिक्रिया