Logo

सुरक्षा/अपराध

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जना पक्राउ



कैलाली : मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका-२ अत्तरियास्थित मिट प्वाईन्ट होटलका संचालक दान बहादुर साँउदलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

साँउदले उक्त होटलमा काम लगाइदिने बहानामा २ जना महिलालाई जेठ ९ देखि १९ गतेसम्म होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरिक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।