Logo

प्रमुख समाचार

कलाकारिताको विकल्पमा रोजिएको राजनीति



देशको मुल नीति राजनीति हो । राजनीतिको प्रभावबाट देशको कुनै पनि क्षेत्र अछुतो रहँदैन् । पछिल्लो समय नेपालको राजनीतिमा कलाकारहरुको आकर्षण ह्वात्तै बढेको छ । केहि कलाकारहरु कलाकारिता पेशालाई नै विट मारेर राजनीतिमा सकृय भएका छन् भने कोहीले दुबैक्षेत्रमा काम गरिरहेका छन् ।

रेडियो नेपालमा समाचार भनेर होस् या मीठा गीत गाएर दर्शक र श्रोतालाई मनोरञ्जन गराउन सिपालु कोमल वली अहिले नेकपा एमालेबाट राष्ट्रिय सभामा सांसद छिन् । राप्रपाबाट राजनीति सुरु गरेर उनले पछि एमालेमा प्रवेश गरेकी हुन् ।
,,
पछिल्लो समय राजनीतिमा सकृय रहेको अर्को नाम हो, नायिका रेखा थापा । उनी २०७३ साल मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसअघि नायिका थापा नेकपा माओवादी केन्द्रसँग आबद्ध थिइन् ।

एक जमानामा नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा छवी ओझासँगको सम्बन्ध चिसिएपछि सिने जगतमा त्यति जम्न सकिनन् ।
अहिले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताउँदै आएकी छिन । हालै मात्र सम्पन्न राप्रपाको केन्द्रिय महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर नेत्री कुन्ती शाहीसँग पराजित भएकी थापा पार्टीको नेतृत्व राजेन्द्र लिङ्गदेनको हातमा आएपछि उनको आशीर्वादले केन्द्रीय सदस्यमा मनोनित भइन् । राजनीतिमा सिन्डिकेट हाबी भएको देखेको र त्यसलाई तोड्न आफू यस क्षेत्रमा सक्रिय रहेको उनको दावी छ ।

राजनीतिमा जोडिएका कलाकारहरुको नामको लिस्ट निकै लामो छ । अभिनेत्री करिश्मा मानन्धर डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति नेपालबाट राजनीति सुरुवात गरेकी हुन । उनले गत महिना चैतमा मात्रै नेकपा एमालेमा प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गरेका थिए ।

बैशाख २० गते मंगलबार अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का काँग्रेसमा प्रवेश गरेका छन् ।

यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।
उनीहरुलाई अभिनेता नीर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहे पनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारे पनि पछि अस्वीकार गरेका थिए । यस्तै नेत्री खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।

चर्चीत ¥यापर बालेन शाहा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिँदै चुनावमा होर्मिका छन् । नेपालका ठुला राजनीतिक दलहरुको विकल्पमा उम्मेदवारी दिएको भन्दै उनले विभिन्न महत्वकांक्षी योजनाहरुलाई एजेण्डा बनाएका छन् ।

अर्का कलाकार मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौंमा मेयरको उम्मेदवार बनेका छन् ।
अभिनेता निखिल उपे्रती हिन्दु राज्य र राजसंस्थाको पुनःस्थापना गर्ने अभियानहरुमा सहभागी हुन थालेका छन् । उनको पनि राजनीतिमा जाने तयारी जस्तो देखिएको छ ।

यसरी कलाकारहरु कोही यो निर्वाचनमा उम्मेदवार बनेका छन् भने कोही पछि सांसद र पार्टीको पदका लागि राजनीतिलाई अगाडि बढाइरहेका छन् । कलाकारहरु आ आफ्नो विचार र हैसियत अनुसारको पार्टी र पद लिएका छन् । रङ्गीन पर्दामा देखिने कलाकारहरु राजनीकि भाषणमा अग्रसर भएका छन् ।

उमेर ढल्केपछी कलाकारी क्षेत्रको विकल्पमा रोजिएको राजनीतिमा कति टिक्न सक्छन् ? त्यो हेर्न बाँकी नै छ । राजनीतिमा जनताको विश्वास जित्न आवश्यक हुन्छ । नाटकमा रुचाइएका अनुहारहरु राजनीतिक कौशलतामा परिक्षा दिन आएका छन् ।
कोरोना महामारीको कारण र विदेशी सिनेमाले फल्प गरिदिने हुनाले पछिल्लो समय चलचित्र क्षेत्रमा खासै राम्रो आम्दानी भएको छैन् । ढल्किदो उमेरका कारण पनि कलाकारितामा प्रभावकारिता नहुने, लगानीको सिर्जनाको अभाव जस्ता कारणले राजनीतितिर कलाकारको रुची बढेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १३:३४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।