भरतपुर । नवलपरासी (वर्दघाट सुस्तापूर्व)मा बेलुका ७ बजेपछि मदिरा विक्री वितरणमा रोक लगाइएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मदिरा विक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
घिमिरेले बिहीबार एक सूचना जारी गरी जिल्लाको शान्ति सुरक्षालाई दृष्टिगत गरी निर्वाचन नसकिँदासम्मको लागि जिल्लाभर लागुहुने गरी बेलुका ७ बजेपछि मादक पदार्थको नियन्त्रण गरिएको बताएका हुन् ।
निर्वाचन आचारसंहिता २०७८ अनुसार राजनीतिक दल वा उमेदवारहरुले चुनावी प्रचारप्रसारका कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै गर्न पाउने व्यवस्था छ । आचारसंहिताको कार्यान्वयन र मदिरा सम्बन्धि व्यवस्थालाई नियमन गर्न विभिन्न निकायलाई आग्रह गरिएको छ ।





















प्रतिक्रिया