Logo

प्रवास

राजदूत खतिवडाले क्यालिफोर्नियामा उद्घाटन गरे  नेपाली कृषि फार्मको



अमेरिकाकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले क्यलिफ़ोर्नियामा एक कृषि फार्मको उद्घाटन गरेका छन्। 

नेपालीको संयुक्त लगानीमा स्थापित ओहो भेन्चर एलएलसी कम्पनीद्वारा सञ्चालित उक्त कृषि फर्मकाे राजदूत खतिवडाले उद्घाटन गरेका हुन्।

खतिवडाले नेपालीले विदेशमा सञ्चालन गरेको व्यवसायकाे सराहना गर्दै सफलताको शुभकामना व्यक्त गरे।

कम्पनीका सञ्चालककहरुले आफ्नो योजनाका बारेमा जानकारी गराएका थिए।

सञ्चालकहरुका अनुसार फर्मबाट खसीको मासु बिक्री पनि सुरु गर्न लागिएको छ। हाल खसी र  गाई पालन गरिनुका साथै मकै खेती पनि सुरु गरिएको छ। कोताटीस्थित १० हेक्टर जग्गामा फैलिएको छ।

खतिवडा उदघाटा गर्न पुग्दा कम्पनीका सञ्चालक तथा नेपाल खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिम्सिना, सञ्चालक तथा पूर्वप्रहरी अधिकारी सागर थापा र  पूर्वराष्ट्रिय खेलाडी पदम तामांगले स्वागत गरेका थिए।190670198_497441971597341_4588512991922662901_n.jpg

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ०८:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।