Logo

बैंकिङ

राष्ट्र बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बैकहरुको मुद्दती निक्षेपका लगानी गर्दै 



नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बैकहरुको मुद्दती निक्षेपका लगानी गर्ने भएको छ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ ।

केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई ८ करोड ९० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २६ करोड ७० लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४२ करोड ४० लाख लगानी गर्ने प्रस्ताव आह्वान गरेको छ ।

बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएके, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको जस्ता शर्त तोकेको छ । 

Capture.JPG

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ११:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।