Logo

अर्थ

नेपाल बंगलादेश बैंकका कर्मचारीलाई भीआरएसमा बिदा गर्ने तयारी



नेपाल बंगलादेश बैंकका कर्मचारीलाई जबर्जस्ति भीआरएसमा वा विदाई गरे आफूहरुले चर्को आन्दोलन गर्ने त्यहाँका कर्मचारीहरूले बताएका छन् ।

जबर्जस्ती भीआरएस लिन लगाए वा विदामा पठाउने निर्णय भयो भने वा पद र सुविधामा घटुवा गरेर कर्मचारी समायोजन भए नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई धेरै ठूलो आर्थिक क्षति हुने एक कर्मचारीको भनाई छ ।

अधिकांश कर्मचारीहरुले घरजग्गा, गाडी, लगायतका कर्जाहरु बैंकबाट लिएका छन् , अहिलेको अवस्थामा भिआरएस लिएर जान वा कामबाटै विदा गरियो भने भएको कर्जा भुक्तानीको लागि आफूसंग भएको गाडी, घरजग्गा बेच्न बंगलादेश बैंकका कर्मचारी बाध्य हुनेछन र यसले ठूलो आर्थिक नोक्सानी पुर्याउनेछु ती कर्मचारीले बताए ।

अहिलेकै अवस्थामा कर्मचारी समायोजन भए यसले धेरै ठूलो असन्तुष्टि सिर्जना गर्ने र त्यसले समग्र बैन्किङ प्रणालीमा समस्या आउने उनिहरुको भनाई छ । अहिलेकै शैलीमा कर्मचारी समायोजन हुँदा राष्ट्र बैंकको मर्जर नीतिलाई धक्का लाग्ने उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार ११:१८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।