Logo

बैंकिङ

बैंक अफ काठमाण्डू लिमिटेडले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने 



बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । 
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो । 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।