काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार १० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नुसार यही अवधिमा थप २१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २०१ छ ।
अहिले २०० जना होम आइसोलेसनमा र एक संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया