Logo

सुरक्षा/अपराध

४९ केजी अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ



बारा : महागढीमाई नगरपालिका-२ इनर्वा चोकबाट ४९ केजी अवैध लागूऔषध गाँजा सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ औराहा टोल बस्ने ३९ वर्षीय अमिरका पासवान, ५६ वर्षीय रमेश चौधरी र ३७ वर्षीय राज कुमार ठाकुर रहेका छन् । 

बरियारपुरबाट तेलकुवातर्फ जाँदै गरेको ना.२ ह ६१०६ नम्बरको अटो तथा नम्बर प्लेट नभएको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकल चालक अमिरका, अटोका चालक रमेश र अटोमा सवार राजकुमारलाई अटो र मोटरसाइकल सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उक्त गाँजा विक्री गर्नका लागि अटोमा लुकाई ल्याएको खुल्न आएको छ । 

उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १८:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।