Logo

UNOPS द्वारा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण



United Nations Office for Project Services (UNOPS)ले UKaid को सहयोगमा Modernization and Improvement of Policing Project (MIPP) परियोजना मार्फत नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

            प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच UNOPS Nepal का Country Director Charles Callanan ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।

            प्राप्त कम्प्युटरहरु आवश्यकता अनुसार महिला बालबालिका तथा जेष्ठ नागिरक निर्देशनालय लगायत नेपाल प्रहरीका विभिन्न ईकाईहरुको काममा प्रयोग गरिने उक्त अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  १ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।