Logo

सुरक्षा/अपराध

अवैध रुपमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ 



काठमाडौं : नागार्जुन नगरपालिका-२ सानोभर्यातङ्गस्थित टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गरेको अभियोगमा काठमाडौं थानकोट बस्ने भारत उत्तर प्रदेश वालिया घर भएका २४ वर्षीय रोशन जैसवाल समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उक्त टहरा तलासी गर्ने क्रममा १ सय मिलिलिटरको ९ सय ३५ थान , ५ सय मिलिलिटरको ३ हजार ८ सय ८० थान र ५ लिटरको ग्यालेन ९६ थान ह्याण्ड स्यानिटाईजर सहित फेला पारी उनीहरुलाई  पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १३:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।